ज्ञान आधार

हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं?

मानव, सामाजिक र राष्ट्रिय जीवनका आधारभूत आवश्यकताहरू (सफा हावा, पानी, खाना, ऊर्जा, शिक्षा, स्वास्थ्य, रोजगारी र ध्यान) मा दलाली हुनु हुँदैन। यो कैवल्यमको प्राथमिक परिचय हो। कैवल्यम रहन्छ कि रहँदैन भन्ने गौण विषय हो, चिन्ताको विषय होइन।

प्रमुख प्रश्नहरू

१.लगानीमैत्री वातावरणका लागि विचौलिया रहित खुला एकीकृत सम्पत्ति बजार। २.नाफाको ७५ प्रतिशत कल्याणका लागि ट्रष्टमार्फत सामाजिक लगानी । ३.विपश्यना ध्यानको आर्यमौन (Noble Silence) सिद्धान्तबाट सञ्चालित होल्डिङ कम्पनी ४.सिर्फ मालिकद्वारा मात्रै सूचीकरण, एक क्लिकमा प्रत्यक्ष मालिक सित सीधै सम्पर्क‌, विचौलिया रहित, गुगल स्थान पिन नि: शूल्क। ५.भर्चुअल प्रत्यक्ष पहुँच, भौतिक यात्रा र उतारचढाव आवश्यक छैन, स्वघोषणाका आधारमा पारस्परिक स्व जिम्मेवारी, स्व जवाफदेही हुने हुँदा जोखिम रहित।

१. विचौलियाले सम्पर्क हुनै दिँदैन, हामी पक्षहरूको सम्पर्क विच्छेद हुनै नपाओस् भनेर बहुआयामिक डिजिटल सोसियल टेलिकम्युनिकेसन भर्चुअल र भौतिक सबल कनेक्टिभिटी प्रदान गर्छौँ। २. विचौलियाले जालझेल गर्न सक्छ, हामी आर्यमौन रहन्छौं। ३.विचौलियाले पक्षपात गर्न सक्छ, हामी असंलग्न र तटस्थ रहन्छौँ। ४.विचौलिया आफै कारोबारमा संलग्न हुन सक्छ, हामी हुँदैनौँ। ५.विचौलियाले कमिशन लिन सक्छ, हामी लिँदैनौँ।

कैवल्यमको मौलिक र आधारभूत उद्देश्य: नेपालबाट नागरिक र राष्ट्रको खिलाफमा हुने सबै किसिमका विचौलियाहरुको उन्मुलन गर्ने हो। त्यसबाहेक पनि, त्यस खातिर त्यसो किन गर्नु परेको हो भने, सहायक उद्देश्यहरु: १. पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको 50 कि.मी. अर्धव्यासको भूमि व्यवस्थापनमा विचौलिया शून्य वातावरण निर्माण गरी पोखरा-भैरहवा कनेक्टिभिटी करिडोर सबल पार्ने लगायत सबै राष्ट्रिय गौरवका Game Changer आयोजनाहरुको शीघ्र सम्पन्नता का खातिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वच्छ लगानीयोग्य वातावरण बनाउन, २. निजी क्षेत्रको मनोबल उकास्न । ३. विचौलिया, मिटरब्याज, बालश्रम र जातीय छुवाछूत उन्मुलन गर्न । ४. सहकारी आन्दोलनलाई उठाउन । ५. भूमि साक्षरता र वित्तीय साक्षरता वृद्धि गर्न । ५.भू-उपयोग, “भू-सदुपयोग र भू-बहुउपयोग" गर्न । ६. वित्तीय सुशासन मार्गचित्र कार्यान्वयन गर्न । ७. अनौपचारिक र अपराधिक अर्थतन्त्र संकुचित गर्न । ८. ग्रे-लिष्टको दलदलबाट मूलुकलाई उठाउन । ९. गरिबी र बेरोजगारी निवारण गर्न । १०.दिगो र श्रृङ्खलाबद्ध स्तरोन्नतिमा मुलुकलाई संस्थापन गर्न । ११. दिगो विकास लक्ष्य सन् २०३० भित्र भेट्टाउन । १२. समृद्धि, सामाजिक न्याय र सुशासनतर्फ लम्कन।

🔟 कुल नाफा = 100% ➡️ प्रत्येक कोष = 5% 1. 🎓 गुरुऋण (Education Debt) – 5% ट्रष्ट: DPT (स्व. डिलप्रसाद काफ्ले) उद्देश्य: सडक दुर्घटनाबाट अनाथ हुन पुगेका बालश्रमिकको शिक्षा 2. 🧘‍♂️ ऋषिऋण (Wisdom & Research Debt) – 5% ट्रष्ट: पथिक फाउन्डेसन। उद्देश्य: त्रिभुजीय शिक्षा (Spiritual + Scientific + Practical) ज्ञान अनुसन्धान, प्रकाशन 3. 🔱 देवऋण (Spiritual Debt) – 5% संस्था: नेपाल विपश्यना संघ उद्देश्य: ध्यान, विपश्यना, आन्तरिक शुद्धि 4. 🧬 पितृऋण (Ancestral Debt) – 5% ट्रष्ट: RPT (रामचन्द्र पाध्याय ट्रष्ट) उद्देश्य: वैदिक साहित्य अनुसन्धान र संस्कृतिको संरक्षण 5. 🤱 मातृऋण (Compassion Debt) – 5% ट्रष्ट: FMDT (फूल माया तिला देवी ट्रष्ट) उद्देश्य: अनाथ, बालश्रम उत्थान nurturing & care systems 6. 🧠 स्रष्टाऋण (Creator / Innovation Debt) – 5% ट्रष्ट: NPT (नवदत्त पौडेल ट्रष्ट) उद्देश्य: वैज्ञानिक, कवि, सर्जक उत्पादन Innovation Labs 7. 🇳🇵 राष्ट्रऋण (Nation Debt) – 5% संस्था: National Innovation Center उद्देश्य: राष्ट्रिय आविष्कार, आत्मनिर्भरता 8. 🌍 भूतऋण (Environment / Ecology Debt) – 5% उद्देश्य: वन, जल, जैविक विविधता संरक्षण Organic agriculture, climate action सम्भावित साझेदारी: Eco NGOs 9. 🤝 मनुष्यऋण (Sapiens / Humanity Debt) – 5% उद्देश्य: Public health, disaster relief गरीब, श्रमिक, marginalized support Focus: Emergency funds Free health camps 10. 🚀 विस्तार कोष (Expansion Fund) – 30% उद्देश्य: कम्पनी विस्तार Technology, automation Sustainability of the whole ecosystem ⚖️ Key Features of This Model ✔ पूर्ण सन्तुलन Spiritual + Scientific + Social + Economic ✔ वैदिक + आधुनिक समन्वय ऋण दर्शनलाई institutional finance मा रूपान्तरण ✔ Risk Management 75% विस्तार कोष जीवन र स्वतन्त्रताका खातिर

१.पूर्ण र आजीवन प्रतिबन्ध क.कैवल्यमका पञ्चशील उल्लंङ्घन गरेमा, सघाएमा। ख. अचल सम्पत्ति र व्यवसायको स्वामित्व वा हक भएको व्यक्तिको मञ्जुरी र मनशाय विपरीतका काम गरेमा, सघाएका आंशिक या आवधिक प्रतिबन्ध क) घरजग्गा-गाडी-पसल-व्यवसायको किनबेचमा प्रत्यक्ष या अप्रत्यक्ष विचौलिया-दलाली या कमिसन या नाफाखोरी गरेमा, सघाएमा । ख) मिटरब्याज लिएमा, सघाएमा । ग) सहकारीको कर्जा चुक्ता नगरेमा, सघाएमा। घ) बैंक तथा वित्तीय अपराध, कर चुहावट, राजश्व कसुर, (व्यवसायिक) भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण एवं संगठित अपराध गरेमा, सघाएमा। ङ) अनलाइन जुवा चिठ्ठा, हुन्डी, क्रिप्टो लगायत राष्ट्रको आर्थिक, मौद्रिक तथा वित्तीय नीति, ऐन, नियम र निष्ठा विपरीतका काम गरेमा, सघाएमा । च) बालश्रम अपराध गरेमा, सघाएमा। छ) छुवाछुत, जातीय भेदभाव गरेको जनिने काम गरेमा, सघाएमा।

व्यक्तिगत(Household) ग्राहकलाई अडियो, भिडियो, अक्षर-डिजाईनका साक्षरता मार्फत सुरक्षित सेवा प्रदान गर्छ, तर आर्यमौन 🧘 रहन्छ। फेरि पनि के कुरामा सचेत र केन्द्रित रहन्छ भने, "विचौलियाले बिच्छ्याएको अदृश्य महाजालको कारणले हाम्रा कुनै यौटा मात्रै ग्राहकलाई पनि मर्का परेको छ भने, हामीलाई जानकारी मात्रै दिनुहोस्, हामी त्यसको होलसेल र सर्वमान्य समाधान (जस्तै की जग्गा खरिद साक्षरता-१ का एक एक गरेर क्रमबद्ध ९ वटा नियमहरु) निकालेर अब उप्रान्त त्यस्तो जालझेल (Manipulation) र चक्र व्यूह/घनचक्कर (Vicious Circle/Dead Lock) को शिकार कोही बन्नु नपर्ने किसिमको Tech विकास गर्छौं, प्रयास गर्छौं।" वैदेशिक र कर्पोरेट ग्राहक र लगानी (Users and Investments) लाई सहजीकरण गर्नका खातिर शूल्क लिएर विज्ञहरुको प्यानल मार्फत खण्डीकृत र एकमुष्ट कन्सल्टेन्सी सेवा प्रदान गर्छ।

पर्दैन।

आफ्नै Gmail Account र आफ्नै नामको सिमकार्ड।

आफ्नै Gmail Account वा आफ्नै नामको सिमकार्ड मोबाईल नम्बरमा आउने OTP प्रमाणीकरण गरे पुग्छ।

KYC प्रमाणीकरण भएपछि के के सेवा लिन सकिन्छ? १. अचल सम्पत्ति र व्यवसायको क.खरिद/बिक्री, ख.भाडा/लिज/रेन्टल, ग.साटफेर/समायोजन, घ.(धितो/दृष्टि/(उप)भोग/लख)बन्धकी, ङ.करार च.ठेक्का ज. व्यवस्थापन जुन पक्षले जे स्वघोषणा गर्छ, त्यसको भावी उत्तरदायित्व सोही पक्षको, स्वयं जिम्मेवार हुने पारस्परिक शर्तमा प्रत्यक्ष/भर्चुअल विचौलियारहित सम्पर्क, सम्झौता/करार र प्रमाणीकरण गरी विचौलिया रहित वातावरणमा कारोबार गर्न पाईन्छ।

अझै सहयोग चाहिन्छ?

हाम्रो विशेष सहयोग टोली जटिल प्रमाणीकरण सोधपुछमा सहयोग गर्न २४/७ उपलब्ध छ।